दफा ५
बोर्डको काम, कर्तव्य र अधिकार
बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) सडकको मर्मत सम्भार गराउने,
(ख) यस ऐन बमोजिम सडक उपभोग गरे बापत लाग्ने दस्तुर वा अन्य थप दस्तुर लिने तथा जरिवाना असुल उपर गर्ने,
(ग) यस ऐन बमोजिम लिइने सडक वा इन्धन दस्तुर, निर्धारित मापदण्ड विपरित सवारी साधन चलाए वापत लिइने थप दस्तुर र जरिवाना निर्धारण गर्ने विषयमा नेपाल सरकारसमक्ष सिफारिस पेश गर्ने,
(घ) दस्तुर निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
(ङ) सडक मर्मत सम्भार सम्बन्धी एकीकृत वार्षिक कार्यक्रम बनाउने,
(च) सडक सम्बन्धी निकायलाई सडकको मर्मत सम्भार गर्नको लागि रकम उपलब्ध गराउने,
(छ) यस ऐन बमोजिम उठाइएको दस्तुर जुन सडकबाट उठाइएको हो सो दस्तुरको तोकिएको प्रतिशतले हुने रकम सोही सडकको मर्मत सम्भारमा खर्च गर्ने,
(ज) तोकिए बमोजिम सडकको पुनर्निर्माण, पुनस्र्थापना तथा स्तरबृद्धि गराउने,
(झ) सडक मर्मत सम्भार गर्दा लाग्ने खर्चमा न्यूनिकरण गर्न तत्सम्बन्धी कार्य योजना बनाउने,
(ञ) तोकिएको आधारमा सडकको चयन गरी सुरक्षा गराउने,
(ट) सडकको मर्मत सम्भारको लागि लाग्ने रकम कुनै निकाय वा संस्था र नेपाल सरकारले व्यहोर्ने गरी नेपाल सरकार र त्यस्तो निकाय वा संस्थाकाबीच सम्झौता भएकोमा नेपाल सरकारको तर्फबाट खर्च गर्नुपर्ने रकम बोर्डले व्यहोर्ने,
(ठ) सडक मर्मत सम्भार कार्यलाई प्रभावकारी बनाउने,
(ड) बोर्डको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने,
(ढ) तोकिए बमोजिमका अन्य काम गर्ने गराउने ।